छिमेक लघुवित्त बेनी शाखाको छैटौं इकाई भेला,विभिन्न बिधामा सम्मान

  म्याग्दी न्युज संवाददाता

बेनी । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड बेनी शाखाको छैटौं इकाई भेला सम्पन्न भएको छ । शुक्रबार म्याग्दी सदरमुकाम बेनीमा छैटौं  ग्राहक / सदस्य गुनासो सुनुवाई (इकाई भेला) कार्यक्रम सप्पन्न भएको हो । बेनी नगरपालिका, रघुगङगा र अन्नपूर्ण ,जलजला गाउँपालिकामा रहेका आफ्ना सदस्यहरु र सदस्यहरुको अभिभावकहरुलाई लक्षित गरेर कार्यक्रम आयोजना गरिएको बेनी शाखा प्रमुख लक्ष्मण पाठकले जानकारी दिनुभयो ।

उहाँका अनुसार, भेलामा ३ जना उत्कृष्ट सफल व्यवसायिलाई ३ हजार ५ सय ५१ रुपैयाँ नगद पुरस्कार र सम्मान पत्रले सम्मान गरिएको छ । यसैगरी  शाखाका १० वटा उत्कृष्ट इकाई समुहलाई १७ हजार ५ सय ५० रुपैयाँ नगद र सम्मान पत्र प्रदान गरिएको छ ।भने १० वटा इकाई (समुह) अन्तर्गतका १० जनाको छोरी पढाउनका लागि ३ हजार ६ सयका दरले ३६ हजार रुपैयाँ छात्रवृत्ती र एसईइ परीक्षामा ३ जिपीए ल्याउने एकजनालाई ७ हजार ५ सय रुपैयाँ पुरस्कार प्रदान गरिएको छ र उक्त कार्यक्रममा सदस्य ९० जना र अभिभावक २० गरी कुल १ सय १० जनाको सहभागिता थियो ।

कार्यक्रममा कर्जाको महत्व, सदुपयोगिता, व्यवसायिक ज्ञान, बित्तीय साक्षरता, बचतको महत्व, सफल उद्यमी कसरी बन्ने डिजिटल प्रविधिको प्रयोग कसरीगर्ने आदि विषयमा प्रशिक्षण समेत दिइएको थियो ।

बित्तीय संस्थाका विभागीय प्रमुख विश्वनाथ सिग्देल, प्रदेश  प्रमुख श्रीकृण्ण जोशी,अनुगमन प्रमुखहरू धुव्र राज अधिकारी र तालिम बिभागका प्रेम नायजु, सूचना प्राविधिक सुरेश प्रसाद भट्ट  , कुश्मा शाखाकाे शाखा प्रबन्धक राजेन्द्र अधिकारी ,शाखा प्रबन्धक लक्ष्मण पाठक शाखाका कर्मचारीहरुले कार्यक्रमलाई सहजीकरण गर्नुभएको थियो । भेलामा सहभागी भएका ग्राहक सदस्यवाट आएका गुनासोको वारेमा सुनुवाइ भएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार