बगरखोलामा पौडी खेल्दा बेगका पुर्जाको डुबेर मृत्यु

  म्याग्दी न्युज संवाददाता

म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका–७,चिमखोला स्थित बगरखोलामा पौडी खेल्ने क्रममा डुबेर एक युवाको मृत्यु भएको छ । सोमबार चिमखोलाको कुकुर भुक्ने स्थित बगरखोलामा पौडी खेल्ने क्रममा पानीमा डुबेर रघुगंगा गाउँपालिका–१, बेगका १८ बर्षिय दिपक पुर्जाको मृत्यु भएको हो ।

पुर्जा सहित पाँच जना खोलामा पौडी खेल्न गएकोमा पुर्जा खोलामा डुबेका थिए । खोलामा डुबेका पुर्जालाई उनका साथिहरुले उद्धार गरेर बेनी अस्पतालमा उपचारको लागि ल्याइएकोमा उनलाई चिकित्सकहरुले मृत घोषणा गरेकोे जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी कुमार गुरुङले जानकारी दिनुभयो ।

मृतकको शव बेनी अस्पतालको शव गृहमा रहेको प्रहरीले जनाएको छ । घटनाका विषयमा प्रहरीले अनुशन्धान थालेको जनाइएको छ । पुर्जा सहित उनका साथिहरु चिमखोलामा जारी भूमेपुजा मेलामा सहभागी हुन चिमखोला पुगेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार