शान्ति सुरक्षा र अपराध नियन्त्रण पहिलो प्राथमिकता:प्रनाउ श्रेष्ठ(भिडिओ)

  म्याग्दी न्युज संवाददाता

म्याग्दी । जिल्ला प्रहरी कार्यालय म्याग्दीका नवआगन्तुक प्रहरी नायव उपरिक्षक भरत श्रेष्ठले जिल्ला स्थित सबै सरोकारवाला निकायहरुसँग समन्वय र सहकार्य गरेर जिल्लाको शान्ति सुरक्षालाई थप मजबुत बनाउने बताउनुभयो ।आइतबार पत्रकारहरुसँगको भेटमा प्रनाउ श्रेष्ठले यस्तो कुरा बताउनुभएको हो ।यसअघिका प्रनाउ मदन कुँवर काठमाडौं उपत्यका अन्वेषण योजना तथा विकास शाखामा सरुवा हुनुभएपछि म्याग्दीको नयाँ प्रनाउको जिम्मेवारी सम्हाल्न श्रेष्ठ प्रहरी हेडक्वाटर नक्सालबाट आउनुभएको हो ।

भिडिओ हेर्नुहाेस्…

प्रनाउ श्रेष्ठले आफ्नो कार्यकालमा अपराध,लागुऔषध नियन्त्रण,सुशासन,साइबर अपराध नियन्त्रण ,कार्यालयको सेवा प्रवाहलाई थप सरल बनाउने, ट्राफिक व्यवस्थापनलाई प्राथमिकता दिएर काम गर्ने योजना सुनाउनुभयो ।बेनी बजारभित्रको एकतर्फी यातायात सञ्चालनलाई व्यवस्थित बनाउने,सामाजिक सञ्जाललाई दुरुपयोग हुन नदिन र भ्रमपुर्ण प्रचारप्रसारलाई निरुत्साहित गर्न निगरानी बढाइने उहाँको भनाइ थियो ।

जिल्ला स्थित सबै प्रहरी कार्यालयलाई आवश्यक जग्गा व्यवस्थापन र भवन निर्माणका लागि स्थानीयबासी, स्थानीय,प्रदेश र संघ सरकार समक्ष समन्वय र पहल गर्ने उहाँले बताउनुभयो । युवायुवतीहरुलाई लागुपदार्थ दुव्र्यसनीमा फस्न नदिन अभिभावकहरुलाई समेत अभिमुखिकरण गराइने उहाँले योजना सुनाउनुभयो ।नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका अध्यक्ष प्रकाश पौडेल लगायत पत्रकारहरुले जिल्लाको समग्र शान्तिसुरक्षालाई थप सुदृढ बनाउन डिएसपी श्रेष्ठसँग आग्रह गर्नुभयो ।लागुऔषध दुर्व्यसनमा फसेका करिब १५ जना युवालाई  उपचारकाे लागी सुधार केन्द्रमा पठाइएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार