एमाले म्याग्दीद्वारा शुभकामना आदानप्रदान तथा चियापान आयोजना

  म्याग्दी न्युज संवाददाता

बेनी । नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी म्याग्दीले नयाँ वर्षमा शुभकामना आदानप्रदान गर्ने भएको छ । नयाँ वर्ष २०८१ सालको पूर्वसन्ध्याको अवसर पारेर शुक्रवार जिल्लास्थित सबै सरोकारवाला निकायको उपस्थितिमा शुभकामना आदानप्रदानसहित चियापान गर्ने कार्यक्रम आयोजना गरिएको हो ।

‘दक्षिणपन्थी अवसरवाद र सङ्गठनात्मक अराजकतालाई परास्त गरौं, जबजको मार्गदर्शनमा समाजवादको आधार निर्माण गरौं’ भन्ने मूल नारासहित नयाँ वर्ष २०८१ सालको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान समारोह आयोजना गरिएको नेकपा एमाले म्याग्दीले जनाएको छ । जिल्ला समन्वय समितिको सभाहलमा आयोजित शुभकामना आदानप्रदान तथा चियापान समारोहमा जिल्लास्थित सरोकारवालाको उपस्थिति रहनेछ ।

कार्यक्रममा जिल्लामा क्रियाशील सबै राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरु, सरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधिहरु, संघसंस्थाका प्रतिनिधिहरु, पत्रकार, सञ्चारकर्मी, एमाले पार्टीको जिल्लादेखि स्थानीयस्तरका नेता, कार्यकर्ताहरु, सर्वसाधारण लगायतलाई निमन्त्रणा गरिएको एमाले म्याग्दीका अध्यक्ष बालकृष्ण सुवेदीले बताउनुभयो ।नयाँ वर्षको अवसर पारेर एकापसमा शुभकामना आदानप्रदान गर्नुका साथै राजनीतिक दल तथा सबै सरोकारवालाहरुबीच आपसी सम्बन्ध र सहकार्यलाई थप प्रगाढ बनाउन कार्यक्रम आयोजना गरिएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार