बिमका मृर्गौला पीडित शेरपुञ्जालाई प्रवासबाट १४ लाख बढी सहयोग

  म्याग्दी न्युज संवाददाता

बेनी । म्याग्दीको मालिका गाउँपालिका–७,बिमका मृर्गौला पीडित धनबहादुर शेरपुञ्जा १४ लाखभन्दा बढी आर्थिक सहयोग रकम प्राप्त भएको छ । मृर्गौला पीडित शेरपुञ्जालाई आर्थिक अभावको कारण उपचारमा समस्या भएपछि बिम मालिका संघ काठमाडौंको अनुरोधमा बिम मालिका संघ अन्तराष्ट्रिय विभाग अध्यक्ष कृष्ण जुग्जालीको संयोजकत्वमा १४ लाख २७ हजार रूपैयाँ गत शनिबार एक कार्यक्रमका बिच हस्तान्तरण गरिएको हो ।

दुवै मृर्गाैला फेल भएपछि निरन्तर डाइलासिस गर्दै आउनुभएका शेरपुञ्जाका आर्थिकउपचारको क्रममा सकिएपछि थप उपचारमा सहज हुने गरी आर्थिक संकलन गरिएको बिम मालिका संघ अन्तर्राष्ट्रिय विभागका अध्यक्ष एवं समाजसेवी जुग्जालीले बताउनुभयो । आर्थिक सहयोगले पीडित धनबहादुरको उपचारमा ठुलो राहत पुग्ने बताउनुहुँदै अध्यक्ष जुग्जालीले सहयोगीदाता सबैलाई धन्यवाद व्यक्त गर्नुभयो ।

मृगौला पीडित धनबहादुरको उपचारसँगै बिम मालिका संघको अक्षयकोषमबिम समाज यूके २ लाख ८२ हजार ९ सय ६ रुपैयाँ,अमेरिकाबाट रत्नसिङ गर्बुजाको संयोजकत्वमा ५ लाख २९ हजार ६५० रुपैयाँ,हङकङमा दल शेरपुञ्जा, खिम जुग्जाली र दलिमा पुनको संयोकत्वमा ७ लाख ३५ हजार ७५० रुपैयाँ अस्टे«लिया रघु जुग्जाली, चकमान शेरपुञ्जा १ लाख ९७ हजार ७४५ रुपैयाँ र जापानमा हेमकुमार जुग्जाली र कुलबहादुर गर्बुजा ९१ हजार ३९५ रुपैयाँ गरी कुल १८ लाख ३७ हजार ४४६ रुपैयाँ सहयोग संकलन गरिएको बिम मालिका संघका अध्यक्ष अध्यक्ष सुवेदार देउप्रसाद जुग्जालीले जानकारी दिनुभयो ।

उहाँका अनुसार उक्त सहयोगबाट विपद् तथा उपचार सहित अन्य सामाजिक कार्यमा खर्च गर्ने गरी कोषमा ४ लाख १० हजार राखिएको छ । उक्त सहयोग हस्तान्तरण कार्यक्रममा पीडित शेरपुञ्जाले ऋणधन गरी उपचार गर्दा समेत अपुग भएको अवस्थामा प्राप्त सहयोगले सहज भएको बताउनुभयो ।‘ सयोग रकमले अब बाँच्ने आश पलाएको छ । उपचारमा यो रकमले धेरै सहज हुन्छ’पीडित शेरपुञ्जाले ,’पीडित शेरपुञ्जाले भन्नुभयो ,‘नियमित डायलासिस, औषधि सेवन लगायतमा खर्च हुन्छ ।’ डायलासिससँगै मृगौला प्रत्यारोपणका लागि डोनरको खोजी भइरहेको पीडित शेरपुञ्जाको भनाइ छ ।

 

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार