बजार अनुगमनबारे व्यापारीसँग अन्तरक्रिया र छलफल

  म्याग्दी न्युज संवाददाता

बेनी । म्याग्दीको सदरमुकाम बेनीमा बुधवार गुणस्तरीय वस्तु तथा सेवाको आपूर्ति र बजार अनुगमन सम्बन्धी विषयमा छलफल तथा अन्तत्र्रिmया कार्यक्रम सम्पन्न भएको छ । गण्डकी प्रदेश सरकारको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय पोखराको आयोजनामा कार्यक्रम गरिएको हो । पर्यटन तथा उद्योग कार्यालय म्याग्दीको सहकार्य र म्याग्दी उद्योग वाणिज्य संघको समन्वयमा सम्पन्न अन्तत्र्रिmयामा मन्त्रालयका उपसचिव हिमा पोखरेलले आफ्नो प्रस्तुतीकरण गर्नुभयो । कार्यक्रममाथि सहजीकरण गर्दै उहाँले बजार अनुगमन गर्दा एकीकृत मोडेलमा अनुगमन गर्नुपर्ने बताउनुभयो । उहाँले कहिले प्रशासन, कहिले स्थानीय तह र कहिले अन्य निकायले छुट्टाछुट्टै अनुगमन गर्नुभन्दा पनि एकीकृत रुपमा गर्नुपर्ने बताउनुभएको छ ।

जुनसुकै काम गर्दा पनि सकारात्मक सोचका साथ गर्नुपर्ने बताउँदै उपसचिव पोखरेलले नीति नियममा रहेर पेशा तथा व्यवसाय सञ्चालन गर्नुपर्नेमा उद्योगी, व्यवसायीहरुलाई सुझाव दिनुभएको छ । जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाको प्रमुख आतिथ्य रहेको कार्यक्रममा म्याग्दी जिल्लाका उद्योगी तथा व्यवसायीहरुले सहज तरिकाले आफ्नो पेशा एवं व्यवसाय सञ्चालन गर्नका लागि वातावरण बनाउनुपर्ने बताएका थिए । उनीहरुले पेशा व्यवसायको दर्ता तथा नवीकरण एकद्वार प्रणालीमार्फत हुनुपर्ने व्यवस्थाको समेत माग गरेका छन् ।

कार्यक्रममा व्यवसायीहरुले राज्यसँग स्रोतसाधन नभए पेशा तथा व्यवसायीहरु कसरी स्रोतसाधनयुक्त हुन सक्छन् भन्ने सवाल पनि उठाएका थिए । उक्त कार्यक्रममा उपसचिव पोखरेलले बजार अनुगमन र कानुनी व्यवस्था तथा उद्योगी व्यवसायीको जिम्मेवारी र उपभोक्ताको अधिकारको बारेमा सहजीकरण गर्नुभएको थियो । मन्त्रालयका शाखा अधिकृत सिर्जना सुवेदीको सञ्चालनमा सम्पन्न कार्यक्रम उपसचिव पोखरेलको अध्यक्षता रहेको थियो भने कार्यक्रममा जिल्लास्थित उद्योगी, व्यवसायी र सरोकारवालाहरु सहभागी भएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार