पहिरोले फापरखेत र बैसरीमा यातायात अवरुद्ध

  म्याग्दी न्युज संवाददाता

बेनी । गयराती परेको भारी वर्षापछि आएको पहिरोले बेनी–जोमसोम सडकको गलेश्वर–तिप्ल्याङ खण्डमा पर्ने रघुगंगा गाउँपालिका-२, बैसरीमा पहिरोले यातायात अवरुद्ध भएको छ । त्यसैगरी सदरमुकामबाट पश्चिम बेनी–दरवाङ सडकमा पर्ने बेनी नगरपालिका-४ ,फापरखेत र मंगला गाउँपालिका-२,सिमलचौर विचको घुमाउने भीरमा पहिरो खस्दा यातायात अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी राजन रायमाझीका अनुसार बर्षा रोकिएकोले केही घन्टामा पहिरो पन्छ्याउने गरी स्काभेटर परिचालन गरिएको छ ।बेनी–जोमसोम सडकको बैसरी र बेनी–दरवाङको फापरखेत स्थित घुमाउनेभीर अति जोखिमयुक्त पहिरा हुन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार