
बेनी । नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) म्याग्दीको अध्यक्षमा खुमबहादुर किसान चयन हुनुभएको छ । शुक्रवार बेनीमा सम्पन्न संगठनको २१ औ जिल्ला अधिबेशन बाट किसानको अध्यक्षमा २६ सदस्यीय जिल्ला कमिटी चयन भएको हो ।
कमिटीको उपाध्यक्षमा सफल खत्री,सचिवमा दिनेश खत्री,सह सचिवमा बिजन खडका, तारा रानामगर र मन्जुर कटुवाल क्षेत्री र कोषाध्यक्षमा बिबेक बानिया चयन हुनुभएको छ । सम्मेलनको अनेरास्ववियुका केन्द्रिय महासचिब नरेश रोकायाले उद्घाटन गर्नुभएको थियो ।