कर्मचारी मिलन केन्द्र म्याग्दीको अध्यक्षमा थापा

  म्याग्दी न्युज संवाददाता

बेनी। कर्मचारी मिलन केन्द्र म्याग्दीको अध्यक्षमा बेनी नगरपालिकाका वरिष्ठ प्रमुख प्रशासकीय अधिकृत युवराज थापा चयन हुनुभएको छ । शनिबार बेनी नगरपालिका–६,डम्मरामा सम्पन्न केन्द्रको वार्षिक साधारणभाबाट अध्यक्ष पदमा थापा सर्वसम्मत चयन हुनुभएको हो । केन्द्र कार्यसमिति उपाध्यक्षमा हुलाक अधिकृत रमेश थापामगर, सचिवमा सामाजिक विकास कार्यालयका प्रमुख तारानाथ सुवेदी, कोषाध्यक्षमा जिल्ला समन्वय समितिका शाखा अधिकृत अमृत सुवेदी र सहसचिवमा बेनी नगरपालिकाका शिक्षा अधिकृत कमल प्रसाद ढकाल चयन हुनुभएको छ ।

सदस्यहरुमा पूर्वाधार विकास कार्यालयका इञ्जिनियर जिता गिरी, पर्यटन तथा उद्योग कार्यालयका प्रमुख अमृत कडेल, खानेपानी, जलस्रोत तथा सिचाई डिभिजन कार्यालयका मोतिलाल बलामी, जिल्ला प्रशासन कार्यालयका भुवन श्रीसमगर, अन्नपूर्ण गाउँपालिकाका अधिकृत भगवति खड्का कटुवाल र जिल्ला निर्वाचन कार्यालयका गोविन्द थापामगर चयन हुनुभएको छ ।केन्द्रका निवर्तमान अध्यक्ष बिनोद सुवेदीको अध्यक्षता र प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।सोही अवसरमा कर्मचारी मिलन केन्द्रको रमाइलो वनभोज पनि संचालन गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार