व्यवसायिक तालिम सँगै बिउपुँजी वितरण

  म्याग्दी न्युज संवाददाता

बेनी । म्याग्दीमा अपाङ्गता भएका व्यावसायिक व्यक्तिहरूलाई प्रोत्साहन तालिमका साथै बिउपुँजी वितरण गरिएको छ । सामाजिक विकास कार्यालय म्याग्दीको आर्थिक सहयोग र अपाङ्ग संघ म्याग्दीको आयोजनामा २५ जनालाई तालिम तथा १० जना अपाङ्गता भएका व्यक्तिहरूलाई नगद दस हजारको दरले बिउपुँजी नगद अनुदान सहयोग वितरण गरिएको अपाङ्ग संघ म्याग्दीका सहसचिव बिशाल विकले जानकारी दिनुभयो ।

अपाङ्ग संघ म्याग्दीका अध्यक्ष गोरी दर्जीको अध्यक्षतामा बेनी नगरपालिका–८ ,का वडा सदस्य एवं निवर्तमान बौद्धिक अभिभावक अपाङ्ग संघ म्याग्दीका अध्यक्ष याम बहादुर बानियाँको प्रमुख आतिथ्यतामा पशुपालन, सुन्तला खेती लगायत विभिन्न ब्यवसायमा संलग्नता भएकालाई बिउपुँजी नगद अनुदान गरिएको थियो । सोही अवसरमा बेनपा-२ ,का अमरबहादुर दर्जीलाई हुईलचेयर र वाकर वितरण गरिएको थियो ।

कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई लेखाजोखा संयोजक कल्पना केसी खड्का,राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालका केन्द्रीय सदस्य ममता पौडेल अपाङ्गता निर्देशानलय समिति गण्डकी प्रदेशका सदस्य सोमप्रसाद सापकोटा म्याग्दी नेत्रहिन संघ म्याग्दीका अध्यक्ष भीमबहादुर गुरुङ द्वन्द्ध पीडित अधिकार मञ्च म्याग्दीका अध्यक्ष भीमबहादुर रिजालले अपाङ्ता भएकाहरुलाई प्रोत्साहनको आवश्यकता रहेको बताउनुभएको थियो ।

तालिम तथा बिउपुँजी वितरणले अपाङ्ता भएकाहरुलाई प्रोत्साहन मिलेको बताइएको थियो । उक्त व्यावसायिक प्रोत्साहन तालिमको प्रशिक्षिक रामजीप्रसाद सुवेदी सहायक प्रशिक्षक सुजता खत्री सहजीकरण गर्नुभएको थियो । अपाङ्ग संघ म्याग्दीका उपाध्यक्ष गणेश सुवेदीले स्वागत मन्तव्य साथै सह–सचिव विशाल विकले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार