उर्जा ,जलस्रोत तथा सिँचाइ राज्यमन्त्री गर्बुजाले लिए शपथ

  म्याग्दी न्युज संवाददाता

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजा `खम्बीर´ले आइतबार पद तथा गोपनीयताको सपथ लिनुभएको छ ।

प्रधानमन्त्री निवास, बालुवाटरमा आयोजित कार्यक्रममा राज्यमन्त्री गर्बुजाले पद तथा गोपनीयताको सपथ लिनुभएको हो ।कार्यक्रममा उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, मन्त्रीहरु, नेपाल सरकारका उच्चाधिकारीलगायत उपस्थित हुनुहुन्थ्यो ।

राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री ओलीको सिफारिमा यही वैशाख १७ गते गर्बुजालाई राज्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो । म्याग्दी निर्वाचन क्षेत्रबाट प्रतिनिधि सभामा निर्वाचित गर्बुजा नेपाली कांग्रेस म्याग्दीका सभापति समेत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार