कास्की । गण्डकी प्रदेशमा थप ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाए अनुसार प्रदेशका विभिन्न ४ जिल्लाका ६७ जनामा कोरोना पोजेटिभ देखिएको हो ।जसअनुसार कास्कीमा ३१, नवलपरासी बर्दघाट सुस्ता पूर्वमा १५, गोरखामा १८ र तनहुँमा ३ जना रहेका छन । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २,५९८ पुगेको छ । संक्रमित सबै कन्ट्याक्ट ट्रेसिङबाट पहिचान भएको निर्देशनालयले जनाएको छ ।
कास्कीको पोखरा महानगरपालिका क्षेत्रका संक्रमितहरु मध्ये २ जना पोखराको मेडीसिटी अस्पतालमा उपचाररत रहेका छन । त्यसैगरी पोखराको पृथ्वीचोकस्थित सामुदायिक अस्पतालमा कार्यरत ४ जना मध्ये बर्ष २६ र २३ का दुई महिला स्टाफ नर्स रहेका छन भने बर्ष ३६ र २७ का दुई महिला सहयोगी कर्मचारी रहेका छन ।
त्यसैगरी पोखरास्थित पोखरा फुड्स प्रा.लि. मा कार्यरत १७ महिला र ८ पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै नवलपरासी बर्दघाट सुस्ता पूर्व देवचुली १२ का संक्रमित ४० बर्षीय पुरुष पनि स्वास्थ्यकर्मी हुन ।संक्रमित सबैलाई सम्बन्धित जिल्लाका आइसोलेसन केन्द्रमा लैजाने तयारी भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रममा प्रवक्ता डाक्टर विनोद बिन्दु शर्माले जानकारी दिनुभयो ।