रुम र डाँडागाउँको पात्लेबाट लागु औषध गाँजा सहित पक्राउ परेका दुई जना सार्वजनिक (तस्बिर /भिडिओ सहित)

बेनी । म्याग्दीकोे मालिका गाउँपालिका ३ बाट प्रहरीले लागु औषध गाँजा सहित एक व्यक्तीलाई पक्राउ गरेको छ । १७ गते ईलाका प्रहरी कार्यालय दरबाङका प्रहरी निरिक्षक सन्तोष पौडेलको नेतृत्वमा खटिएको प्रहरीको टोलीले मालिका गाउँपालिका– ३ डाँडागाउँको पात्लेका  ६३ बर्षिय हर्कबहादुर रोकाले गोठमा लुकाएर राखेको २० केजी ९०० ग्राम गाँजा सहित रोकालाई पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक श्यामकुमार राईले जानकारी दिनुभयो ।

 

भिडिओ

यसैगरी ,फागुन १३ गते खटिएको प्रहरी टोलीले भिरखर्कका ३४ वर्षीय होमबहादुर पुनले बाख्राको खोरमा लुकाएर राखेको १२ किलोग्राम ८५० ग्राम गाँजा सहित पुनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।पक्राउ परेका उनीहरुलाई मंगलबार सार्वजनिक गरेको छ ।

पक्राउ परेकालाई अदालतबाट पाँचदिनको म्याद थपेर कानुनी कारबाही र अनुसन्धान अगाडि बढाइएको प्रनाउ राईले बताउनुभयो ।लागूऔषध नियन्त्रण ऐन २०३३ अनुसार नियन्त्रणमा लिएर कानुनी कारबाहीको अगाडि बढाइएको उहाँले बताउनुभयो । आरोप पुष्टी भएमा दुई वर्ष देखि १० वर्ष सम्म कैद र १५ हजार देखि एकलाख सम्म जरिवाना हुने कानुनी व्यवस्था छ ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार