शान्ति पत्रकारिता पुरस्कार पत्रकार लौडारीलाई

पोखरा । शान्ति पत्रकारिता पुरस्कारबाट पत्रकार हिमनिधी लौडारी पुरस्कृत हुनुभएको छ ।नेपाल प्रेस युनियन कास्कीद्धारा सञ्चालित, कांग्रेस नेता भोला बरालको परिवारजनद्धारा स्थापित पूर्णचन्द्र बराल, मायादेवी बराल शान्ति पत्रकारिता पुरस्कारबाट लौडारी पुरस्कृत हुनुभएको हो ।

नेपाल प्रेस यूनियन कास्कीको आयोजनामा मंगलबार एक कार्यक्रमका विच लौडारीलाई नगद सहित दोसल्ला र प्रमाणपत्रद्वारा सम्मान गरिएको हो ।पत्रकार लौडारीलाई नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सम्मान गर्नुभयो । सो पुरस्कारको राशी नगद २५ हजार पाँच सय ५५, दोसल्ला र सम्मानपत्र रहेको छ ।

लामो समयदेखि पत्रकारिताको माध्यमबाट शान्ति र मानव कल्याणको क्षेत्रमा सक्रिय रहि समाज परिवर्तनमा निर्वाह गरेको योगदानको कदर गर्दै लौडारीलाई सम्मान गर्ने निर्णय प्रतिभा छनोट समितिले गरेको थियो । नेपाल प्रेस यूनियनका केन्द्रिय  उपाध्यक्ष रमेश पौडेल संयोजक, भेला बराल, विमला भण्डारी, नवीन सिग्देल, प्रदीप पौडेल र कुशल बराल सदस्य रहेको छनोट समितिले लौडारीलाई पुरस्कृत गर्न सिफारिस गरेको थियो । यसअघि सो पुरस्कारबाट पोखराका पत्रकार राजबहादुर गुरुङ सम्मानित हुनुभएको थियो ।

पुरस्कृत पत्रकार लौडारी २०४८ सालदेखि पत्रकारितामा सक्रिय हुनुहुन्छ। बहुप्रतिभाशाली पत्रकारको रुपमा परिचित लौडारी तनहूँ चिसापानी अर्थात भानु नगरपालिका वडा नं. १० निवासी हुनुहुन्छ । पोखराको आदर्श समाज राष्ट्रिय दैनिक , जनमत दैनिक, पोखरेली दैनिक, दि हिमालय टाइम्स, उज्यालो नेटवर्क हुँदै हाल रेडियो तरंग र हिमदूत दैनिकका सञ्चालक हुनुअुन्छ । उहाँ २०५६ मा ट्रान्सफरेन्सी इन्टरनेशनल पुरस्कार र नेपाल पत्रकार महासंघ कास्कीले सञ्चालन गरेको गजेन्द्र भण्डारी स्मृति सृजनशील पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुनुभएको थियो ।विद्यार्थी जीवनमा नेविसंघको सभापति भएर काम गरेका हीमनीधि प्रजातन्त्रवादी पत्रकारको रुपमा परिचित हुनुहुन्छ ।

 

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार