म्याग्दीमा एकैदिन थपिए २३ जना कोरोना संक्रमित

बेनी । म्याग्दीमा थप २३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार जिल्लाको बेनी नगरपालिका वडा नम्बर ४का ४० बर्षिय पुरुष ,सोही नगरपालिका वडा नखुलेका १९,३८ ,२८ २६ र ३५ बर्षिया पाँच महिला तथा ३ र ५२ बर्षिया गरी दुई पुरुष रहेका छन् भने धवलागिरी गाउँपालिकामा ठेगाना नखुलेका २ बर्षिया एक बालिका (महिला) ,१६ र २५ बर्षिय पुरुष गरी तीन जना थपिएका छन् ।

 

यसैगरी जिल्लाको मालिका गाउँपालिका वडा नम्बर ५ का ५८ बर्षिय एक पुरुष , ठेगाना नखुलेका ३६ बर्षिया एक महिला र ५१ बर्षिया एक पुरुष गरी तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगला गाउँपालिकामा ठेगाना नखुलेका २९,३० र ३६ बर्षिय पुरुष रहेका छन् भने रघुगंगा गाउँपालिमा ठेगाना नखुलेका १९ र २० बर्षिया दुई महिला तथा १८ ,२७, २७ र ३० बर्षिय चार पुरुष रहेका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार