काठमाडौँ उपत्यकामा वैशाख २९ गतेसम्म निषेधाज्ञा थप

काठमाडौं । काठमाडौँ उपत्यकामा थप एक हप्ताका लागि निषेधाज्ञा थप गरिएको छ । काठमाडौँ उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले आगामी वैशाख २९ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले बताउनुभयो ।

उपत्यकामा साँझ ५ बजेदेखि ७ बजेसम्म किराना पसल र डिपार्टमेन्ट स्टोर खोल्न पाउने निर्णय सच्याइएको छ । अब साँझ किराना र डिपार्टमेन्ट स्टोर खोल्न नदिने निर्णय गरिएको प्रजिअ भट्टराईले बताउनुभयो । अबदेखि बिहान ७–९ बजेसम्म मात्र पसल खोल्न पाइनेछ । उपत्यकामा वैशाख १६ गतेबाट निषेधाज्ञा जारी गरिएको थियो । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार