नेपालमा एकैदिन थपिए ८ हजार ६५९ कोरोना संक्रमित ,५८ जनाको मृत्यु

काठमाडौं । नेपालमा थप ८ हजार ६५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा २० हजार ७५६ जनाको पिसिआर विधि र ६१६जनाको एन्टिजेन विधिबाट नमुना परिक्षण गराउँदा ८ हजार ६५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रिय संक्रमितको संख्या ६६ हजार ३५२ जना रहेका छन् । यसैगरी पछिल्लो २४ घण्टामा ५८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा एक हजार ९९३ जना निको भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार