काठमाडौं । महानगरीय अपराध महाशाखाको टोलीले कोरोना संक्रमितको उपचारमा प्रयोग हुने रेम्डिसिभिरको कालोबजारी गर्ने एक जनालाई पक्राउ गरेको छ । गोरखाको आरुघाट घर भएका २५ वर्षीय रफिक मियालाई बिहीबार काठमाडौंको बसुन्धराबाट पक्राउ गरेको हो ।
महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) चन्द्रकुबेर खापुङका अनुसार उनले ३० हजार रुपैयाँ पर्ने एक सेट रेम्डिसिभिरलाई १ लाख २० हजार रुपैयाँ बिक्री गर्न लागेका थिए ।
प्रहरीले उक्त सूचना थाहा पाएपछि ग्राहक बनेर गई रफिकलाई पक्राउ गरेको प्रमुख खापुङले जानकारी दिए । रफिकले महाराजगञ्जमा दीपक ढकालले सञ्चालन गरेको सेवक फर्माबाट ती रेम्डिसिभिर किनेर बेच्ने गरेका थिए । यस विषयमा थप अनुसन्धान भइरहेको महाशाखाले जानकारी दिएको छ । नागरिक खबरबाट