
काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका १९ मुद्दामा आजदेखि सुनुवाई हुँदैछ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई बहुमत सांसदको समर्थन हुँदाहुँदै राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त नगरेकोलगायत रिटमा सर्वोच्चले सुनुवाई सुरु गर्न लागेका हुन् ।
आजदेखि १९ रिटमा सुनुवाइ हुनेछ। यस्तै शुक्रबार बाँकी ११ रिटको सुनुवाइ हुने सर्वोच्चले जनाएको छ । कांग्रेस सभापति देउवा १४६ जना सांसदसहित रिट दर्ता गर्न सर्वोच्च पुगेका थिए ।
देउवाले १४९ सांसदको समर्थन रहेको भन्दै शुक्रबार प्रधानमन्त्रीको दावी प्रस्तुत गरेका थिए । राष्ट्रपति विद्यादेवी भण्डारीले दाबी नपुगेको भन्दै सरकारको सिफारिसमा सोही दिन राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरेकी थिइन् । प्रधानमन्त्रीमा केपी शर्मा ओलीलाई नै निरन्तरता दिनुपर्ने मागसहित सर्वोच्चमा रिट परेका छन् । नागरिक खबरबाट