सुरेन गुरुङ
पोखरेबगर । म्याग्दीको अन्नपुर्ण गाउँपालिकाका अध्यक्ष क्याप्टेन डमबहादुर गर्बुजा पुनले गाउँपालिकाबासीलाई उच्च सतर्कता अपनाउन आग्रह गर्नुभएको छ ।बर्षाका कारण गाउँपालिका भित्रका विभिन्न स्थानमा पहिरोले सडक भत्किएको ,खोला र नदीमा पानीमो बहाव बढेको भन्दै बाढी ,प्रकोप हुन सक्ने जोखिम बढेकोले सबैलाई सतर्कता अपनाउन आग्रह गर्नुभएको छ । पहिरोले सडक अबरुद्ध भएपछि पहिरोको जोखिममा रहेका क्षेत्रमा स्थलगत निरिक्षण गर्न नसकिएको बताउनुहुँदै जोखिममा रहेका क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको उहाँको भनाई छ ।
यसैगरी जोखिममा रहेका क्षेत्रमा उद्धारमा लाग्न समेत सम्बन्धीत वडाका जनप्रतिनिधिलाई निर्देशन दिनुभएको छ । बर्षाका कारण गाउँपालिकाको वडा नम्बर ५ शिख धस्केखर्कमा तीन घर र वडा नम्बर १ दोबामा १ घर पहिरोको जोमिमा रहेका छन् । त्यस्तै बर्षाका कारण वडा नम्बर ५ स्थित स्वातमा कृषकहरुरको सामुहिक कृषी फममा समेत सामान्य क्षती पु¥याएको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरणप्रसाद शर्मा पौडेलले पनि जोखिमा रहेका क्षेत्रमा सतर्कता अपनाउन ,घटना भए प्रहरी चौकी ,वडा कार्यालय र गाउँपालिकाको कार्यालयमा जानकारी गराउन समेत अपिल गर्नुभएको छ । यसैगरी अविरल बर्षाका कारण बेनी–जोमसोम सडक अबरुद्ध भएको छ । बर्षाका कारण गाउँपालिकाको विभिन्न ठाउँमा बाढी पहिरोले सडक अबरुद्ध भएको छ ।