बेनी । नेपाली कांग्रेस महासमिति सदस्य बिमला गौचन र जिल्ला सदस्य बलभद्र ढकालको पहलमा साविक धौलागिरी अञ्चलका चार जिल्लालाई स्वास्थ्य सामग्री सहयोग प्राप्त भएको छ । नेपाली कांग्रेस म्याग्दीकी महासमिति सदस्य बिमला गौचनका अनुसार कांग्रेस सहमहामन्त्री , पुर्व मन्त्री तथा कांग्रेस कोभिड–१९ अनुगमन समितिका संयोजक डा.प्रकाशशरण महतले साविक धौलागिरीका म्याग्दी ,मुस्ताङ ,बागलुङ र पर्वत जिल्लालाई एक– एक थान अक्सिजन कन्सट्रेटर र एक–एक हजार थान मास्क पठाउनुभएको हो।
उक्त स्वास्थ्य सामग्री गौचनले कांग्रेस मुस्ताङ कोभिड–१९ व्यवस्थापन समितिकी संयोजक पुर्ण कुमारी गौचनलाई मुस्ताङका लागि एक थान अक्सिजन कन्सटे«टर र एक हजार थान एन ९० मास्क हस्तान्तरण गर्नुभएको छ । थासाङ गाउँपालिका गाउँकार्यपालिका सदस्य रहनुभएकी संयोजक गौचनले स्वास्थ्य सामग्री लेते प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रदान गर्ने बताउनुभयो ।
अन्य तीन जिल्लाका कोभिड–१९ व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको नेपाल महिला संघ म्याग्दीकी अध्यक्ष समेत रहनुभएकी गौचनले जानकारी दिनुभयो ।कोरोना जोखिमका बीच स्वास्थ्य संस्थामा अक्सिजन अभावको समस्या नहोस् भनेर अक्सिजन कन्सनट्रेटर वितरण गरिएको उहाँले बताउनुभयो ।