शताब्दी लामो प्रयासपछि अफ्रिकामा मलेरिया विरुद्धको खोप वितरण गर्न ‘ऐतिहासिक अनुमति’

एजेन्सी । अफ्रिकी बालबालिकालाई मलेरिया रोग विरुद्धको खोप दिन लागिएको छ । आरटीएस, एस नाम दिइएको खोप ६ वर्षअघि प्रभावकारी प्रमाणित भए पनि परीक्षणकै क्रममा थियो ।

विकसित गरिएको खोप प्रभावकारी सावित भएको र अफ्रिकाका अन्य देशमा खोप लगाउन अनुमति दिइएको डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस ए गेब्रेयसले बताउनुभयो । घाना, केन्या र मलावीमा सफल परीक्षणपछि सहारा अफ्रिका र अन्य क्षेत्रमा खोप वितरण गरिने विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले जनाएको छ ।

आठ लाख बालबालिकामा गरिएको परीक्षणमा खोपले गम्भीर भएर अस्पताल भर्ना हुने दरलाई ३० प्रतिशतले घटाएको देखाएको थियो ।त्यस्तै, खोपले हरेक १० जनामध्ये ४ जनालाई मलेरिया लाग्नबाट बचाउने र प्रत्येक १० जनामध्ये ३ जनालाई गम्भीर अवस्थामा पुग्नबाट जोगाउने देखाएको थियो ।

चिकित्सा क्षेत्रकै महत्वपूर्ण उपलब्धि मानिएको यो खोपको विकासलाई मलेरियाविरुद्ध लड्ने विश्व अभियानमा महत्वपूर्ण खुड्किलो मानिएको छ ।मलेरियाबाट हरेक वर्ष चार लाख मानिसहरूको मृत्यु हुने गरेको विश्व स्वास्थ्य संगठनको तथ्यांकलाई उद्धृत गर्दै छ । बीबीसी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार