३७ औं विपी स्मृति दिवस मनाइयो

म्याग्दी ,सोमबार साउन ०६ गते । नेपाली काँग्रेसका संस्थापक एवं नेपालका प्रथम जननिर्वा्चित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोईरालाको ३७ औ स्मृती दिवस म्याग्दीमा पनि मनाइएको छ ।


नेपाली कांग्रेस म्याग्दीको आयोजनामा सोमबार बेनीमा बिपिको जिवनी, बिचार र चुनौतीहरु विषयक कार्यक्रम संचालन गरी विपिलाई सम्झीएका हुन । कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा (खम्बीर)ले स्वर्गिय विपि कोइरालाको फेटोमा माल्यार्पण गर्नुभएको थियो ।

वि.स २०३९ साउन ६ गते दिवंगत भएका विपी कोईरालाले नेपालको प्रजातान्त्रीक आन्दोलनका साथै साहीत्यको विकासमा महत्वपूर्ण योगदान दिएको बताउनुभयो । विपिको मेलमिलाप र समाजवाद सम्बन्धि अवधारणा नेपालको राजनितिमा अझै सान्दर्भीक रहेको सभापति गर्बुजाको भनाइ छ ।

कार्यक्रममा पुर्व सभापति डाः भुपेन्द्र खड्का ,बरिष्ठ नेता नेत्रबहादुर महत ,उपसभापति माधवप्रसाद रेग्मी, प्रवक्ता अजयमिलन श्रेष्ठ, सचिव हरिकुमार श्रेष्ठ, अधिवक्ता चिरन्जीबी शर्मा,जिल्ला सदस्य केब भण्डारी नेपाल महिला संघ म्याग्दीकी अध्यक्ष विमला गौचन र बेनी नगर सभापति अनोद श्रेष्ठ लगायतले बोलेका थिए । कार्यक्रम संचालन सचिव क्याप्टेन मिन बहादुर कार्कीले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार