काठमाडौँ । महामारी परास्त गर्न चीनको शून्य–कोभिड रणनीति दिगो नभएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का प्रमुखले बताउनुभएको छ । महामारी सुरु भएदेखि नै कोभिडको अहिलेसम्मकै खराब अवस्थाविरूद्ध लड्न सांघाइका साढे दुई करोड मानिसहरू हप्तौँदेखि घरमा बस्न बाध्य भइरहेका बेला डब्लुएचओका प्रमुख टेड्रोस अधानोम गेब्रेयससको भनाइ आएको हो ।
‘जब हामी शून्य–कोभिड रणनीतिको बारेमा कुरा गर्छौँ, भाइरसको व्यवहार र भविष्यमा हामीले के अनुमान गर्छौँ भन्ने विषयलाई मनन गर्दा यो दिगो छ भन्ने लाग्दैन,’ टेड्रोस अधानोम गेब्रेयससले पत्रकार सम्मेलनमा भने ।चीनमा पछिल्लो समयमा कोभिड संक्रमणका घटना तीव्र वृद्धि भएका छन् । कोभिडबाट सांघाइ सहर नराम्रोसँग प्रभावित छ । सांघाइमा कोभिडबाट अहिलेसम्म ५ सय जनाको मृत्यु भएको छ । नागरिक खबरबाट