तमानखोलाको अध्यक्षमा कांग्रेसका जोकलाल बुढा निर्वाचित

बागलुङ । बागलुङको तमानखोला गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका जोकलाल बुढा निर्वाचित हुनुभएको छ । २ हजार ७०७ मत ल्याएर बुढा पुनः अध्यक्षमा निर्वाचित हुनुभएको हो । बुढा २०७४ सालको निर्वाचनबाट पनि अध्यक्षमा निर्वाचित हुनुभएको थियो ।

जिल्लाका अरु स्थानीय तहमा सत्तारुढ दलबीच तालमेल भए पनि तमानखोलामा भने कांग्रेस–माओवादी प्रतिस्पर्धामा थिए । अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेद्वार देवबहादुर पुनले एक हजार ९९५ मत पाउनुभएको छ भने नेकपा एमालेका उम्मेदवार देवेन्द्र छन्त्यालले ३९२ मत पाउनुभएको छ।

गाउँपालिका उपाध्यक्षमा नेपाली कांग्रेसकी हिरा कुमारी छन्त्याल दुई हजार ७१९ मत ल्याएर निर्वाचित हुनुभएको छ । उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी निसु रसाइलीले १ हजार ९५८ मत प्राप्त गर्नुभएको छ।  वडाध्यक्षमा वडा नम्बर १ मा नेकपा माओवादी केन्द्रका थमबहादुर रोका,

वडा नम्बर २ मा नेकपा माओवादी केन्द्रका नारायण सुनार, वडा नम्बर ३ मा नेपाली काँग्रेसका झकबहादुर बुढा निर्वाचित हुनुभइको छ ।  त्यस्तै वडा नम्बर ४ मा नेकपा माओवादी केन्द्रका छवि श्रीपाली, वडा नम्बर ५ मा नेपाली कांग्रेसका हिराबहादुर श्रीपाली र वडा नम्बर ६ मा नेपाली कांग्रेसकै चित्र छन्त्याल निर्वाचित हुनुभएको छ । अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार