चितवन । चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १९ को अध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी हुनुभएको छ । एमालेका प्रकाश तामाङले नेपाली काँग्रेसका उम्मेदवार द्रोण गुरुङलाई हराउँदै वडाध्यक्षमा विजयी हुनुभएके हो ।
५ वर्षअघिको स्थानीय तह निर्वाचनमा मतगणनाका क्रममा माओवादी केन्द्रका कार्यकर्ताले मतपत्र च्यातेपछि भरतपुरको मतगणना विवादमा तानिएको थियो । पछि सर्वोच्च अदालतको आदेशको बलमा भरतपुर–१९ मा पुन मतदान भएको थियो ।
त्यतिबेला वडा नम्बर १९ मा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले १५४४ मत पाएकी थिइन् भने एमालेका देवी ज्ञवालीले १०३२ मत पाउनुभएको थियेो। यस्तै वडातर्फ काँग्रेसका कर्ण बहादुर गुरुङ १४७८ मत पाएर विजयी हुनुभएको थियो । त्यतिबेला गुरुङसँग पराजित भएका प्रकाश तामाङ तामाङ आइतबार सम्पन्न भएको वडा नम्बर १९ को मतगणनामा विजयी हुनुभएको हो ।
एमाले पार्टी विभाजन पछि प्रकाश तामाङ नेकपा एकीकृत समाजवादीमा आवद्ध हुनुभएको थियो । निर्वाचनको करिव एक महिनाअघि मात्र तामाङ एमाले प्रवेश गर्नुभएको थियो। तत्कालीन अवस्थामा माओवादी केन्द्रका गणक प्रतिनिधि मधु न्यौपाने र द्रोण सिवाकोटीले मतपत्र च्यातेका थिए । सिवाकोटी अहिले माओवादी केन्द्र चितवनका सचिव छन् ।रातोपाटीबाट