ललितपुर महानगरमा चिरिबाबुको दोस्रो जित सुनिश्चित

काठमाडौँ । ललितपुर महानगरपालिकाको मेयरमा गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार चिरिबाबु महर्जनको जित पक्का भएको छ । महर्जनले ४० हजार ९२८ मत प्राप्त गर्नुभएको छ ।

एमालेका हरिकृष्ण व्यञ्जनकारले २३ हजार ३ सय २१ मत पाउनुभएको छ । महानगरमा जम्मा ८६ हजार ५४० मत खसेकोमा अब तीन हजार मत गन्न बाँकी छ । तर चिरिबाबु व्यञ्जनकारभन्दा​ १७ हजार ६०७ मतले अगाडि हुनुहुनछ । उपमेयरमा भने एमालेकी मन्जली शाक्य वज्राचार्यको जित निश्चित भएको छ । उहाँले अग्रता पनि फराकिलो छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार