काठमाडौँ । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का नेता तथा प्रतिनिधिसभाका सांसद प्रेम सुवालले इम्बोस्ड नम्बर कमिसनको पोको बाहेक केहि नभएको तर्क गर्नुभएको छ । सोमबार प्रतिनिधिसभामा जारी बजेटको मन्त्रालयगत विनियोजन बजेटमाथिको छलफलमा बोल्दै सांसद सुवालले यस्तो बताउनुभएको हो ।
‘अहिले नेपाललाई इम्बोस्ड नम्बरको खाँचो नै छैन । सामान्य, साधारण नम्बर प्लेट भए हुन्छ ।’ इम्बोस्ड नम्बरको खाँचो नभएको बताउँदै सांसद सुवालले भन्नुभयो, ‘यो मन्त्रीहरु, कर्मचारीहरुले कमिसनको लोभमा जबरजस्ती गर्न लागिएको प्रपञ्च बाहेक केहि होइन ।’ सो अवसरमा सांसद सुवालले सबै कुरामा कमिसनलाई मात्र नदेख्न समेत मन्त्रीहरुलाई आग्रह गर्नुभयो । रातोपाटीबाट