शरणार्थी प्रकरण: पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ

  म्याग्दी न्युज संवाददाता

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री एवम् नेपाली कांग्रेस नेता बालकृष्ण खाँण पक्राउ परेका छन् ।

खाँणलाई उनकै निवास चाबहिलको मैजुबहालबाट आज बुधबार बिहान पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जानकारी दिएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुले दिएको बयानका आधारमा खाँणलाई पक्राउ गरिएको हो ।

यसै प्रकरणमा पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रिजीत राई, एमालेका सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीपलगायतका पक्राउ परिसकेका छन् । टोपबहादुर रायमाझी भने फरार छन्। खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार