म्याग्दी । शनिबार विहान राति पहिरो खसेर कालीगण्डकी नदीको छाल पस्दा कुखुरा फर्ममा क्षती पु¥याएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६,धिरच्याङमा सोही गाउँपालिका–२,कटुङ्जेको भीरबाट पहिरो कालिगण्डकीमा खस्दा आएको छालले धिरच्याङ स्थित दाजुुभाई पोल्ट्री कृषि तथा पशुुपंक्षी फर्ममा पस्दा क्षति पु¥याएको हो । नदी पारीको भिरबाट खसेको पहिरोले आएको छालले खोर भित्र रहेका ८०० ब्रोइलर जातका कुखुरा मरेका छन् ।
दुुई वटा कुखुुराको खोर छालले भत्काएको छ । बिक्री गर्ने समय भएका कुखुरा मरेका सञ्चालक ईश्वर खत्रीले बताउनुभयो । ‘‘दुई वटा खोर छाल पसेर भत्काएको छ । विक्री गर्ने समय भएका कुखुरा मरेका छन् ,’’ उहाँले भन्नुभयो ,‘‘कालिगण्डकीको छालले करिब १२ लाख रुपैयाँ बराबरको क्षति पु¥याएको छ ।’’ कुखुरालाई खुवाउन राखेको ८ बोरा दाना पनि नष्ट भएको छ । छालले वरपरको करिब १० रोपनी खेतबारीमा हिलो थुपारेको छ । कालीगण्डकीको सतहभन्दा ण्करिब २० मिटर माथि सम्म छाल आएको थियो ।स्थानीय ,जनप्रतिनिधि,नेपाल प्रहरी र सशस्त्र प्रहरी लगायतको टोलीले उद्धार गरेको थियो ।