मोनाको नवौं वार्षिक साधारणसभाको अवसरमा तीन दिने निशुल्क आँखा शिविर संचालन हुँदै

  म्याग्दी न्युज संवाददाता

बेनी । अध्ययन ,रोजगारी ,व्यवसाय लगायत विभिन्न सिलसिलामा प्रवासमा रहेका म्याग्दीलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तर्राष्ट्रिय कार्यकारी समितिको नवौं वार्षिक साधारणसभा बाबियाचौरमा हुँदैछ । जिल्लाको मंगला गाउँपालिका–२, स्थित बाबियाचौरमा अक्टोबर ४ र ५ अर्थात असोज १८ र १९ गते साधारणसभा हुने मिति तय भइसकेको छ ।

साधारणसभाका मुल संयोजक मीम पूर्जाका अनुसार ,उद्घाटन शत्र इन्द्रेणी पार्क र बन्दसत्र मंगला शिक्षा क्याम्पसमा तय गरिएको छ । सोही अवसरमा निशुल्क मोतिबिन्दु शल्यक्रिया तथा आँखा परिक्षण शिविर संचालन हुनेछ । मोनाको आयोजना तथा नेपाल नेत्र ज्योती संघ म्याग्दी र हिमालयन आँखा अस्पताल पाेखराको प्राविधिक सहयोगमा असोज १६, १७ र १८ गते आँखा शिविर संचालन हुने शिविर संयोजक तथा मोना अन्तर्राष्ट्रिय कार्यकारी समितिका कोषाध्यक्ष नरेन्द्र फगामीले जानकारी दिनुभयो ।

मोना सचिवालय प्रमुख स्मृति सुवेदीका अनुसार ,साधारणसभालाई सफल बनाउन याम थापा मगरको संयोजकत्वमा स्थानीय व्यवस्थापन उपसमिति समेत गठन गरिएको छ । साधारणसभाका मुल संयोजक पूर्जाले म्याग्दीका सबै स्थानीय तहमा साधारणसभा गर्ने निर्णय अनुसार यसपटक बावियाचौरमा तय गरिएको बताउनुभयो । उहाँले साधारणसभालाई सभ्य र भब्य बनाउन मंगला गाउँपालिकाका सामाजिक, राजनीतिक सहित सबै संघसंस्थाहरुलाई रचनात्मक सहयोग गरिदिन अनुरोध गर्नुभएको छ । साधारण सभामा आउने अतिथिलाई मंगला गाउँपालिका भित्रका पर्यटकीयस्थलको भ्रमण गराउने कार्यक्रमहरु समेत गरिने संयोजक थापाले बताउनुभयो । मोनाले जिल्लामा विरामी गरिब विपन्न परिवारका सदस्यको उपचारमा आर्थिक सहयोग , विपद ,शिक्षा ,स्वास्थ्य लगायत विभिन्न क्षेत्रमा महत्वपुर्ण योगदान पु¥याउँदै आएको छ ।

 

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार