म्याग्दीमा स्वास्थ्य सम्बन्धी कार्यक्रम कार्यान्वयनमा बेनी नगरपालिका अगाडी

  म्याग्दी न्युज संवाददाता

बेनी। स्वास्थ्य सम्बन्धी कार्यक्रम कार्यान्वयनमा म्याग्दीका ६ वटा स्थानीय तह मध्ये बेनी नगरपालिका पहिलाे बनेकाे छ । स्वास्थ्य कार्यालय म्याग्दीले गत आर्थिक वर्ष आर्थिक वर्ष २०८०/०८१ को समिक्षा कार्यक्रमको अवसरमा सोमबार बेनीमा विभिन्न स्वास्थ्य सूचकहरुको आधारमा उत्कृष्ट कार्यसम्पादन गर्ने स्वास्थ्य संस्था तथा स्थानीय तहहरुलाई सम्मानपत्र वितरण गरिएको हो ।

स्थानीय तहहरुमा बेनी नगरपालिका पहिलो, मालिका गाउँपालिका दोस्रो र अन्नपूर्ण गाउँपालिका तेस्रो भएको छ । स्वास्थ्य संस्थाहरुमा मालिकाको दरवाङ आधारभूत अस्पताल पहिलो, अन्नपूर्णको भुरुङ तातोपानी स्वास्थ्य चौकी दोस्रो र मंगलाको कुहुँ स्वास्थ्य चौकी तेस्रो भएका छन् ।

कार्यक्रममा गत आर्थिक वर्षमा सञ्चालित स्वास्थ्य सम्बन्धी कार्यक्रमहरुको उपलब्धी, कार्यान्वयनका क्रममा देखिएका समस्या, चुनौति र यस वर्षको कार्यक्रम कार्यान्वयनको विषयमा छलफल भएको थियो ।स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख भुवन ठकुराठीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापा, प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल लगायतले मन्तब्य व्यक्त गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार