बाबियाचौर बजार अनुगमन

  म्याग्दी न्युज संवाददाता

म्याग्दी । म्याग्दीको मंगला गाउँपालिका–२,स्थित बाबियाचौर बजारका पसल तथा होटेलहरुको अनुगमन गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङको नेतृत्वमा बुधबार बजारका खाद्यान्न पसल तथा होटेलहरु पसलहरु अनुगमन गरिएको हो । पाँच वटा होटल र ६ वटा किराना पसलमा अनुगमन गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका निमित्त कार्यालय प्रमुख सहन्सा कुमार मेहताले बताउनुभयो ।

बजार अनुगमनको क्रममा उपभोग्य अवधी समाप्त भएको खाद्य सामग्री तथा म्याद गुज्रेका सामान बिक्री गरेको , दर्ता नगरी सञ्चालन गरेको , मुल्यसुची नराखेर संचालन गरेको र नवीकरण नगरेको पाइएको छ । अनुगमनमा भेटिएका कमी, कमजोरीलाई तत्कालै सुधार गर्न उद्योगी, व्यवसायीलाई निर्देशन दिइएको उहाँले बताउनुभयो । म्याद नाघेका खाद्य तथा पेय पदार्थ जफत गरी नष्ट गरिएको थियो ।
दसैँ, तिहार र छठ लगायत चाडपर्व नजिकिएसँगै बजार अनुगमनलाई प्राथमिकता दिएर निरन्तरता दिइने कार्यालयले जनाएको छ । अनुगमनमा उद्योग तथा पर्यटन कार्यालय,म्याग्दी उद्योग वाणिज्य संघ मंगला गाउँपालिका इकाई ,सहित जिल्ला प्रशासन कार्यालय , मंगला गाउँपालिका ,प्रहरी,र पत्रकार महासंघ म्याग्दी शाखाका प्रतिनिधिहरु लगायतको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार