निजामती कर्मचारी युनियन म्याग्दीको अध्यक्षमा सुवेदी

  म्याग्दी न्युज संवाददाता

बेनी । नेपाल निजामती कर्मचारी युनियन म्याग्दीको अध्यक्षमा सुमन सुवेदी चयन हुनुभएको छ । बेनीमा सम्पन्न भएको नवौ जिल्ला अधिवेशनबाट सुवेदीको नेतृत्वमा १९ सदस्य नयाँ कार्य समिति चयन भएको हो । समितिको उपाध्यक्षमा प्रदिप गौतम, सचिवमा कमल शर्मा मरासिनी, सचिवमा तारा बानिया (जगत), कोषाध्यक्षमा गणेश पौडेल, सदस्यहरुमा संस्कृति श्रेष्ठ, रामप्रसाद श्रेष्ठ चयन हुुनुभएको छ ।

त्यस्तै केन्द्रिय महाधिवेशन प्रतिनिधीमा दयाराम पौडेल, सुभाष रेग्मी, सिर्जना शाही, प्रदेश महाधिवेशन प्रतिनिधीमा दिपक शेरचन, गणेश रिजाल, प्रतिमादेवी शर्मा चयन हुनुभएको हो । अधिवेशनमा नेपाली काँग्रेसका केन्द्रिय सदस्य सारदा पौडेलले नागरिकलाई सेवा प्रवाह गराउने माध्यम कर्मचारीहरुले सिर्जनशिल र जिम्मेवार भएर काम गर्नुपर्ने बताउदै विकास निर्माणमा समेत कर्मचारीहरुको महत्वपूर्ण भुमीका हुने बताउनुभयो । उहाँले जनता संग प्रत्येक्ष रुपमा कर्मचारीहरु जोडिने भएकाले जनताको कामलाई पहिलो प्राथमकितामा राखेर सेवा प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले कर्मचारीको पहिलो काम जनताको सेवा रहेकाले आफ्नो कार्यलयमा आउने हरेक सेवाग्राही वा सर्वसाधारणको कामको गुरस्तरीय सेवा दिनुपर्ने बताउनुभयो ।

नेपाल निजामती कर्मचारी युनीयनका बरिष्ठ उपाध्यक्ष उत्तम कटुवाल, नेपाली काँग्रेस म्याग्दीका कार्यवाहक सभापति हरिकुमार श्रेष्ठ, उपासभापति केबी भण्डारी, सचिव भरत रकाल, नेता ओम छन्त्याल, नेपाल तरुण दल म्याग्दीका कार्यबाहक अध्यक्ष श्रीप्रसाद रोका, निजामती कर्मचारी युनियन गण्डकी प्रदेशका अध्यक्ष दिपक रेग्मी, प्र्रमुख कोष नियन्त्रक किरणचन्द्र सुवेदी लगायतको उपस्थिति रहेको थियो ।दयाराम पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल निजामती कर्मचारी संगठन म्याग्दीका अध्यक्ष सोम केसीले समेत मतव्य राख्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार