
बेनी। पर्वतारोहणको क्षेत्रमा विश्वमै दुलर्भ कीर्तिमान कायम गरेका म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३,दानाका निर्मल पूर्जा ‘निम्स’ लाई आगामी फागुन २२ बिहिबार गते म्याग्दीमा नागरिक अभिनन्दन गरिने भएको छ । पर्वतारोहणको क्षेत्रमा बिना अक्सिजन (पूरक अक्सिजन) ८ हजार मिटरभन्दा अग्ला सबै १४ चुचुरोमा ५० पटक पाइला टेक्ने र सातै महादेशका अग्ला हिमाल (सेभेन समिट) आरोहण गर्ने विश्वकै पहिलो आरोही समेत रहनुभएका पूर्जालाई म्याग्दीको सदरमुकाम बेनीबजार परिक्रमा समेत गराइने भएको हो ।
म्याग्दी जिल्लाका संघीय तथा प्रदेशसभा, स्थानीय तहका प्रमुख, राजनीतिक दल, सरकारी तथा गैरसरकारी संस्था सहित सरोकारवाला निकायको उपस्थितीमा जिल्ला समन्वय समितिको सभाहलमा सम्मान गरिने पर्वतारोही निर्मल पूर्जा ‘निम्स दाई’ सम्मान मुल समारोह समितिले जनाएको छ ।
उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३,दानामा जन्मिनुभएका पूर्जाले निर्मलले सन् २०१९ मा ६ महिनाभित्रै विश्वका ८ हजारमाथिका सबै अग्ला १४ हिमालको अरोहण म्याग्दी अन्नपूर्ण गाउँपालिकाकै नारच्याङमा अवस्थित ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालबाट सुरु गरी धवलागिरी गापा–४, मुदीमा रहेको सातौ अग्लो धौलागिरि हिमालको (८१६७ मि) आरोहणबाट थालनी गर्नुभएको थियो ।
म्याग्दीमा रहेको संसारकै १० औं अग्लो अन्नपूर्ण हिमाल र सातौं अग्लो धौलागिरी हिमालबाट गर्नुभएको थियो । पाकिस्तान र चीनको सिमानामा अवस्थित संसारकै दोस्रो अग्लो ८ हजार ६ सय ११ मिटर अग्लो के–टु’ हिमालमा विन्टर सिजन (जाडो याम) मा सफल आरोहण गर्ने विश्वकै पहिलो आरोही समेत हुनुहुन्छ ।
हाल अमेरिकामा एक टोलीलाई स्काई डाइभ तालिमको प्रशिक्षणमा रहनुभएका आरोही पूर्जा म्याग्दीमा हुने अभिनन्दमा सहभागि हुन आउने तयारीमा रहेको बताउनुभयो । ‘म गृहजिल्लाको सम्मानपछि फेरी फकिन्छु, मलाई जिल्लाबासीसँग रमाउने चाहना छ, मैले पनि जन्मभूमीलाई केही गर्ने सोच बनाएको छु’ आरोही पूर्जाले भन्नुभयो । यसैबीच म्याग्दीमा आरोही पूर्जाको सम्मानका लागि बेनीबजारका संघसंस्था, टोलबासी सहित विभिन्न संघसंस्था सहितको टोली तयारीमा जुटेका छन् ।