
बेनी । म्याग्दीको बेनी बजारमा पहिचान नखुलेका एक पुरुषको मृत्यु भएको छ । बेनी नगरपालिका–८,न्युरोडस्थित कृषि विकास बैंकको गल्लीमा मंगलबार दिउँसो बेहोस अवस्थामा भेटिएका अन्दाजी ५०–५५ वर्षका पुरुषको उपचारका लागि बेनी प्रादेशिकअस्पतालमा लगिएको अवस्थामा चिकित्सकले मृत घोषणा गरेका थिए ।
मृतक मजदुर भएपनि ठेगाना सहित आफन्तका बारेमा जानकारी फेला पार्न नसकिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक सागर पौडेलले बताउनुभयो । पुरुषको पहिचान भने खुल्न नसकेको अवस्थामा थप कानुनी प्रक्रिया अगाडी बढाउन समस्या भएको उहाँको भनाइ छ।
मदिरा सेवन गरेको अवस्थामा भेटिएको केही समयपछि लडेर बेहोस अवस्थामा फेला परेको स्थानीयको भनाइ छ ।अहिले शव अस्पतालको शव गृहमा राखिएको छ। मंगलबार रातीसम्म पनि मृत पुरुषका आफन्तजनहरू सम्पर्कमा कोही पनि नआएकोले मृतकको शवलाई चिन्ने आफन्तजनहरू सनाखतको लागी जिल्ला प्रहरी कार्यालय म्याग्दीमा सम्पर्क राख्न अनुरोध गरिएको छ ।