गलेश्वर ज्येष्ठनागरिक आश्रमलाई लेकाली परिवारद्वारा खाद्यान्न सहयोग

गलेश्वर । म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा अवस्थित ज्येष्ठ नागरिक आश्रममा रहेका बृद्धबृद्धालाई शुक्रबार खाद्यान्न सामग्री सहयोग गरेका छन् । लेकाली परिवार सिंगापुर गोर्खा पुलिसको सहकार्यमा आश्रममा रहेका जेष्ठ नागरिकलाई रु.४२ हजार बराबरको नुन, तेल, चामाल, आटा, चिनी चियापत्ती लगायतका खाद्यन्न सामाग्री प्रदान गरेका हुन् ।

सिंगापुर गोर्खा पुलिस सेवाबाट सेवानिवृत्त पश्चात सममाज सेवामा लाग्नु भएका प्रेमबहादुर गर्बुजा, ओमप्रसाद गर्बुजा, रुपक पुन र टेकबहादुर गर्बुजाले जेष्ठ नागरिक आश्रममा पुगेर उक्त खाद्यन्न समाग्री हस्तान्तरण गरेको गलेश्वरधाम जेष्ठ नागरिक आश्रमका अध्यक्ष बमबहादुुर पुनले जानकारी दिनुभयो । सन्तानबाट तिरस्कृत भएका बेसाहरा बृद्धबृद्धालाई सहयोग गर्नुभएकोमा अध्यक्ष पुनले धन्यवाद व्यक्त गर्नुभयो ।

मानविय सेवामा समर्पित संस्थामा पुगेर आफ्नो आमाबुवा सरहका जेष्ठ नागरीकलाई सहयोग गर्न पाउदा आफुलाई सन्तुष्टि मिलेको सहयोगीदाता प्रैमबहादुर गर्बुजाले बताउनुभयो । उहाँले आश्रम भित्रका अत्यावश्यक समस्यालाई बुझेर थप सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

बेसहारा तथा ज्येष्ठ नागरिकलाई कुनै पनि अभाव हुन नदिने गरी व्यवस्थापन गर्नुपर्ने भएता पनि आश्रममा आएर बस्न बाध्य भएकाको पनि हेरचाह राज्यको दायित्व रहेको लेकाली परिवारका सचिव गर्बुजाको भनाइ छ ।

आश्रमले म्याग्दीका साथै देशका विभिन्न जिल्लाबाट आएका ४१ ज्येष्ठ नागरिकको रेखदेख गर्दैआएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार