जापानमा चक्कु प्रहारबाट म्याग्दीका एक युवाको मृत्यु

  म्याग्दी न्यूज संवाददाता

जापान । जापानमा चक्कु प्रहारबाट एक म्याग्दीली युवकको हत्या भएको छ । म्याग्दी जिल्ला घर भई पोखराका २१ वर्षीय  बादल छन्त्यालको चक्कु प्रहारबाट हत्या भएको हो ।

जापानको चिवा प्रिफेक्चरस्थित नराशिनो सिटीमा आफ्नै प्रेमीकाले चक्कु प्रहार गरि  छन्त्यालको हत्या गरेको बताइएको छ । हत्या आरोपमा बादलकी प्रेमिका भनिएकी  जापानी अन्दाजी तीस वर्षीय एक युवतीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

ति युवतीलाई नियन्त्रणमा लिएर  घटनाका बारेमा प्रहरीले अनुसन्धान थालेको बादलका आफन्तले जनाएका छन्  । आवश्यक समन्वय भइरहेको मोना जापानका अध्यक्ष गणेश श्रेष्ठले बताउनुभयो । मृतक छन्त्याल र प्रेमिका बीच सम्बन्धमा खटपट भएपछि  छुट्ने निर्णय गरेर अन्तिम भेटका लागि होटलमा पुगेका थिए ।

प्रहरीले दिएको जानकारी अनुसार ,उनीहरुबीच बिगत १ बर्ष देखी चीनाजानी रहेको देखिएको छ । सम्बन्धमा खटपट आएपछि अन्तमा दुबै जना छुट्ने भनेर बादल अन्तिम भेटका लागि होटल गएका रहेछन, जुन होटलमा उनीहरु बिगत केही समय देखी भेट्दै आएका रहेछन । आइतबार बिहान ३ बजे सम्म बादल आफ्ना साथीहरुसँग सम्पर्कमै रहेको बुझिएकोछ ।

त्यसपछी उहाँका दाजु तेजिन छन्त्यालले आइतवार बेलुका ४/५ बजेको आसपासमा मृत अवस्थामा भेटिएको खबर पाउनुभयो । सोही होटलमा बादलको शरीरमा २ वा दुई भन्दा बढी पटक छुरा हानिएको प्रहरीले जानकारी दिएको छ । बादलको पोस्टमार्टम ८ तारिख हुनेभएको छ ।  शव नेपाल ल्याउने पारिवारिक स्रोतले जनाएको छ । शव नेपाल ल्याउन धेरै खर्च हुने भएकोले जापानमा आर्थिक सहयोग रकम जुटाउन थालिएको छ । घटनाको विस्तृत अनुसन्धान जारी रहेको जापानी प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार