गलेश्वर शिवालयमा ६ लाख रुपैयाँ बढी भेटी संकलन 

  धनिलाल गर्बुजा

गलेश्वर । बालाचतुर्दर्शी पर्वको अवसरमा म्याग्दीको बेनी नगरपालिका–९, स्थित प्रसिद्ध धार्मिक स्थल गलेश्वर शिवालयमा ६ लाख १२ हजार रुपैयाँ बढी भेटी संकलन  भएको छ ।

बुधबार परेको बालाचर्तुदर्शी मेला भर्न आएका भक्तजनले ६ लाख बाह्र हजार चार सय ३१ रुपैयाँ चढाएका शिवालय क्षेत्र विकास कोषकी कोषाध्यक्ष कुमारी रोकाले जानकारी दिनुभयो ।उक्त भेटी गलेश्वर शिवालय क्षेत्र विकास कोष, जनप्रतिनिधी, सुरक्षा निकाय र स्थानीयबासीको उपस्थितिमा गणना गरी बिहीवार  सार्वजनिक गरिएको हो ।

बालाचतुर्दर्शी पर्वमा गलेश्वरधाममा करिब तीस हजार भक्तजन सहभागी भएका शिवालय क्षेत्र विकास कोषले जनाएको छ ।गलेश्वर क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीका अनुसार ,गलेश्वर धाममा शतबीज छर्न यसपाली म्याग्दी, बागलुङ, पर्वत, पोखरा ,झापा, मोरङ, विराटनगर र काठमाडाैँ लगायतका जिल्लाहरूबाट भक्तजनहरू आएका थिए ।शिवालयमा शतबीज छर्नाले मृत आत्माले वर्षभरि खान पाउने तृप्ति हुने विश्वास गरिन्छ ।

यो पनि…

बालाचतुर्दशी पर्व : गलेश्वरमा भक्तजनको रौनक (भिडिओ)

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार