पर्वत समाज दक्षिण कोरियाको अध्यक्षमा मल्लाजका खत्री

  म्याग्दी न्यूज संवाददाता

बेनी । दक्षिण कोरियामा रहेका पर्वतबासीहरुको साझा संस्था पर्वत समाज दक्षिण कोरियाको अध्यक्षमा बिमल खत्री चयन हुनुभएको छ । प्रवासी पर्वतेलाई एकसाथ संगठित गर्दै आएको पर्वत समाज दक्षिण कोरियाको अधिवेशन कोरियाको सउलको दोङ्देमुनस्थित नेपाल–थाई रेष्टुरेन्टमा सम्पन्न पाँचौँ अधिवेशनबाट खत्री अध्यक्षमा चयन हुनुभएको हो ।जलजला गाउँपाकिलाको मल्लाजमा जन्मिनुभएका खत्री रोजगारीको शिलशिलामा कोरियामा बस्दै आउनु भएको छ ।

त्यस्तै अधिवेशनले वरिष्ठ उपाध्यक्षमा आशिष गुरुङ, उपाध्यक्षमा मेघ पौडेल, प्रकाश पाण्डेय र सृजना तिवारी, महासचिवमा जीवन पौडेल, सचिवमा सलिन शर्मा र सुनिल भुसाल (कृष्ण), कोषाध्यक्षमा सरोज कार्की, सह–कोषाध्यक्षमा बिष्णु सापकोटा, तथा सदस्यहरूमा कृष्ण सुबेदी, अर्जुन हमाल, प्रबिन जिसी, अनिल पौडेल, प्रकाश शर्मा, बिक्रम काफ्ले, संजोग भुसाल, मिलन बि।क, सुरेश थापा र सन्तोष शेन सहितको नयाँ कार्यसमिति सर्वसम्मतिले चयन गरेको छ । यसैगरी खेलकुद संयोजक सरोज गुरुङ, निर्वाचन संयोजक डा. रोशन पौडेल, र निर्वाचन समिति सदस्यहरू डा. सन्जु पौडेल तथा नन्द गुरुङ मनोनित हुनुभएको छ ।

नवनिर्वाचित अध्यक्ष बिमल खत्रीले विदेशमा रहेका पर्वते समुदायलाई आपसी एकता, सामाजिक उत्तरदायित्व र पहिचानका साझा अभियानमा उन्मुख गराउँदै संस्थालाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । अधिवेशनमा सल्लाहकार, बुद्धिजीवी, समुदायका प्रतिनिधि तथा अतिथिहरूको उल्लेखनीय सहभागिता रहेको थियो । पर्वत घर भइ हाल विभिन्न सिलसिलामा कोरिया लगात विभिन्न देशमा रहेका पर्वतेहरुले जिल्लाको स्वास्थ्य,शिक्षा लगायत सामाजिक सेवाका काम गर्दै आएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार