मिडिया सोसाइटी अवार्ड पत्रकार राम्जालीलाई प्रदान

  म्याग्दी न्यूज संवाददाता

बेनी । म्याग्दी न्यूजकर्मी पत्रकार साधन घर्ति(राम्जाली)लाई “मिडिया सोसाइटी अवार्ड– २०८२” प्रदान गरिएको छ । म्याग्दी मिडिया सोसाइटीको नवौँ साधारणसभाको अवसरमा म्याग्दीको मंगला गाउँपालिका–५, अर्मनको पर्यटकीय स्थल चाङ्गामा आयोजित साधारणसभामा पत्रकार राम्जालीलाई पत्रकारिताको माध्ययमबाट जिल्लाको पर्यटन प्रवद्र्धन, कृषि र विकास निर्माणलगायतको क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै नगद रु ११ हजार ७५० सहित सम्मानपत्रद्धारा पुरस्कृत गरिएको हो ।

कार्यक्रममा म्याग्दी मिडिया सोसाईटीका अध्यक्ष अमित विश्वकर्मा, मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोका, प्रमुख प्रशासकीय अधिकृत मदन अर्याल, वडा नम्बर ५ का वडा अध्यक्ष भुपेन्द्रबहादुर खत्री, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिका उपाध्यक्ष प्रकाश पौडेल, म्याग्दी शाखाका अध्यक्ष हरिकृष्ण गौतम लगायतले नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका कोषाध्यक्ष एवं सोसाइटी उपाध्यक्ष समेत रहनुभएका पत्रकार राम्जालीलाई अबिर लगाएर दोसल्ला ओढाई उक्त अवार्ड प्रदान गर्नुभएको थियो ।

पुरस्कृत पत्रकार राम्जाली म्याग्दी न्यूज सँगै गोरखापत्र दैनिक लगायत बिभिन्न सञ्चार माध्यममा आबद्ध हुनुहुन्छ ।  म्याग्दीमा श्रमजिबि पत्रकारहरुले सञ्चालन र व्यवस्थापन गरेका सञ्चार माध्ययमहरुको साझा संस्थाको रुपमा वि.स.२०७४ सालमा स्थापना भएको म्याग्दी मिडिया सोसाईटीले यस अघि सन्तोष गौतम, हरिकृष्ण गौतम, प्रताब बानियाँ, ठाकुर प्रसाद आचार्य, धिरनबहादुर खत्री र कमल खत्रीलाई उक्त अवार्डद्धारा पुरस्कृत गरिसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार