
म्याग्दी । म्याग्दीको मालिका गाउँलालिका-६,दरबाङमा सप्पन्न अन्तर मावि विद्यालय स्तरीय छैटौं रास्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि किसानी माविले हात पारेको छ । बिहीबार सम्पन्न प्रतियोगितामा ११ स्वर्ण ,४ रजत र पाँच कास्य पदक जित हात पारेको किसानीले नगद ५० हजार रुपियाँ सहित रनिङ शिल्ड,ट्रफी ,मेडल र प्रमाणपत्र हात पारेको छ । यो सँगै किसानीले चौथोपटक राष्ट्रपति रनिङ शिल्डको उपाधि हात पार्न सफल भएको छ ।

यसैगरी ९ स्वर्ण ,६ रजत र ६ कास्य पदक जितेको जनप्रिय मावि द्वितीय तथा तीन स्वर्ण ,एक रजत र ५ कास्य हात पार्दै तृतीय भएको राष्ट्रिय माविले क्रमशः ४० हजार ,३० हजार रुपियाँ सहित ट्रफी ,मेडल र प्रमाणपत्र हात पार्न सफल भए । विजेता र उपविजेताहरुलाई गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजा , उपाध्यक्ष लक्ष्मीदेवी घर्ती मगर पुन ,वडा नम्बर २ का वडा अध्यक्ष उदय बुढाथोकी ,कार्यपालिका सदस्यहरु दलबहादुर खड्काथोकी ,छरदेवी जुग्जाली र प्रतीक्षा बिक , शिक्षा शाखा अधिकृत अशोक रिजाल लगायतले पुरस्कार वितरण गर्नुभएको थियो । तीन दिन सम्म संचालित प्रतियोगितामा गाउँपालिका भित्रका दश विद्यालयले सहभागिता जनाएका थिए ।एथ्लेटिक्स, भलिबल र कबड्डीसहित तीनवटा विद्यामा कुल ३० स्वर्णपदकका लागि विद्यालयहरुबीच प्रतिस्पर्धा भएको थियो ।जनप्रिय माविका प्रअ दिवाकर सुवेदीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।


















































