दुखुबेशीमा विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम सहितकाे सातौं मितेरी कप संचालन हुँदै

  म्याग्दी न्युज संवाददाता

बेनी ।म्याग्दीको मालिका गाउँपालिका–६,दुखुबेशीमा सातौं मितेरी कप–२०८२ विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम संचालन हुने भएको छ ।
मितेरी युवा क्लबको आयोजना र जनहित आमा समुहको सहआयोजनामा आगामी पौष १३ गतेदेखि मितेरी कप संचालन हुन लागेको हो ।क्लब सचिव सौगात गुरुङका अनुसार ,पुरुष भलिबल ,सेभेन ए साइड पुरुष र प्रौढ फुटबल ,प्रौढ भलिबल ,परुष छेलो,पुरुष लठो तान्ने र नृत्य प्रतियोगिता संचालन हुने भएका छन् ।

पुरुष भलिबलका विजेताले एक लाल एक हजार १११ रुपैयाँ र उविजेताले ५१ हजार एक सय ५१ रुपैयाँ सहित ट्रफी मेडल र प्रमाणपत्र पाउनेछन् । यसैगरी पुरुष र प्रौढ फुटबलमा विजेता र उपविजेताले क्रमशः एक लाख १११ र ५१ हजार १५१ रुपैयाँ तथा बोका र बोका सहित ट्रफी ,मेडल र प्रमाणपत्र हात पार्नेछन् । प्रौढ भलिबलका विजेता र उपविजेताले क्रमशः तीस हजार र बीस हजार सहित ट्रफी ,मेडल र प्रमाणपत्र हात पार्ने जनाइएको छ । यसैगरी पुरुष छेलो र लठो तान्ने तथा नृत्य प्रतियोगिताका विजेता र उपविजेताले पनि नगद सहित पुरस्कार हात पार्नेछन् । भव्य रुपमा संचालन गर्न प्रतियोगिताको तयारीलाई तीब्र पारिएको क्लब अध्यक्ष सुनिल राम्जालीको भनाइ छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार