म्याग्दी । म्याग्दीको जिल्लाको बेनी–दरबाङ सडक अन्तर्गत मंगला गाउँपालिका–२,रणबाङ स्थित खहरेखोला नजिकै ट्याक्सी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । भने ट्याक्सी भेटिएको छैन । रणबाङ स्थित खहरेखोला नजिकै म्याग्दी नदी किनारमा ध १ ज ९९० नम्बरको ट्याक्सी दुर्घटना हुँदा सोही वडा रणबाङका चालक ३७ वर्षिय सुजन सेनको घटनास्थलमै मृत्यु भएको हो ।

गयराती करिब साढे एक बजेको समयमा सोही वडाको डौँडेखोला भन्ने ठाउँमा एक जना यात्रुलाई छोडेर फर्किने क्रममा दुर्घटना भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरिक्षक गोविन्द सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार ,सडकदेखि करिब साढे एक सय मिटर तल नदी किनारमा शव सँगै ट्याक्सीको नम्बर प्लेट लगायत विभिन्न पार्टपुर्जाहरु भेटिएका छन् । ‘सडकदेखि करिब डेढ सय मिटर तल म्याग्दी नदी किनारमा चालकको शव सँगै ट्याक्सीका विभिन्न पार्टपुर्जाहरु फेला परेको छ । ट्याक्सी नभेटिएको हुँदै यो नै हो भन्ने अवस्था रहेन ,’घटना स्थलमा खटिनुभएका प्रनि सुवेदीले भन्नुभयो ।



तस्बिर सौजन्य ः करण कँडेल


























