
बेनी । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत म्याग्दीमा स्वतन्त्र उम्मेद्वार डा.महावीर पुन भारी मतान्तरले विजयी हुनुभएको छ । उहाँले २२ हजार ८५० मत ल्याएर विजयी हुनुभएको छ ।निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका उम्मेद्वार हरिकृष्ण श्रेष्ठले सात हजार ९१९ मत प्राप्त गर्नुभयो । उहाँहरुबिचको १४ हजार ९३१ मतान्तर रहेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले औपचारिक रुपमा विजयी भएको घोषणा गर्न बाँकी छ ।डा. महावीरको अन्नपूर्ण गाउँपालिका-८,नांगीमा वि.सं. २०११ साल माघ ९ गते जन्म भएको हो । जम्मा खसेको मत मध्ये तीन हजार एक सय ७६ मत बदर भएको छ ।
म्याग्दी मतगणनाको अन्तिम मतपरिणाम
जिल्लाको जम्मा मतदाता :८६३९७
जम्मा खसेको मत :४६२१५
स्वतन्त्र उम्मेदवार महावीर पुन (त्रिभुज)- २२८५०
नेकपा एमाले(सूर्य) -७९१९
नेपाली कांग्रेस (रुख)- ६६७४
नेकपा (तारा)- ३५३०



















































