महावीर पुनको चुनावी खर्च : एमाले उम्मेद्वार श्रेष्ठको भन्दा कम कांग्रेस उम्मेद्वार भण्डारीको भन्दा बढी

  म्याग्दी न्यूज संवाददाता

बेनी । म्याग्दीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित डा. महावीर पुनले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गर्नुभएको छ । सार्वजनिक खर्च विवरण अनुसार ,चुनावी खर्च २८ लाख रुपैयाँ बढी भएको छ । बिहिबार निर्वाचन आयोग नेपालमा पेश गरिएको विवरणमा कुल २८ लाख ६८ हजार ८६८ रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ । मनोनयन दर्ता खर्चका लागि १० हजार रुपैयाँ, मतदाता नामावली खरिद ३ हजार, नमुना मतपत्र सामग्री छपाइका लागि २ लाख ९० हजार ५ सय ९५ रुपैयाँ, तथा प्रचार–प्रसारका क्रममा यातायात तथा इन्धनका लागि ६ लाख ६० हजार ९ सय ९८ रुपैयाँ खर्च भएको उल्लेख छ।

त्यसैगरी चालक ज्याला १ लाख ४० हजार, १३ लाख ६ हजार ६ सय १९ रुपैयाँ, ३ लाख ६० हजार ४ सय ९९ रुपैयाँ, स्टेशनरी २५ हजार ३ सय र विविध ७० हजार ८ सय ७७ रुपैयाँ रहेको निर्वाचन परिचालक समितिका चित्रबहादुर तिलिजाले बताउनुभयो ।यस अगाडी नेपाली कांग्रेस म्याग्दीका उम्मेदवार कर्णबहादुर भण्डारी, नेकपा एमालेका उम्मेदवार हरिकृष्ण श्रेष्ठले खर्च विवरण सार्वजनिक गरिसक्नुभएको छ ।

डा. महावीरको चुनावी खर्च रकम कांग्रेस म्याग्दीबाट उम्मेद्वार भण्डारीको भन्दा बढी देखिएको छ । भने नेकपा एमालेबाट उम्मेद्वार श्रेष्ठले गर्नुभएको खर्च भन्दा कम देखिएको छ । भण्डारीले सार्वजनिक गर्नुभएको विभिन्न शिर्षकमा गरी १९ लाख तीस हजार रुपैयाँ रहेको छ भने श्रेष्ठको चुनावी खर्च तीस लाख २८ लाख एकसय बीस रुपैयाँ भएको सार्वजनिक भएको छ ।निर्वाचन आयोगले उम्मेदवारहरूले गरेको निर्वाचन खर्च पारदर्शी बनाउन विवरण अनिवार्य रूपमा बुझाउनुपर्ने व्यवस्था गरेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार