भलिबल प्रशिक्षक मलिन रोका बने गण्डकी विश्वविद्यालय टपर

  म्याग्दी न्यूज संवाददाता

बेनी। म्याग्दीका मलिन रोका गण्डकी विश्व विद्यालयको खेलकुद ब्यवस्थापन शंकायमा सर्वोकृष्ट अंक सहित स्नाकोत्तर तह उतिर्ण हुने हुनुभएको छ ।तीन दशमलब ५९ सिजिपिए प्राप्त गर्नुभएका बेनी नगरपालिका –९,का ३४ वर्षीय रोका गण्डकी प्रदेश सरकारले सञ्चालन गरेको उक्त विश्व विद्यालयबाट खेलकुद ब्यवस्थापन संकायमा स्नाकोत्तर तह उतिर्ण हुनुभएको हो ।रोका सहित ४४ जना स्नाकोत्तर तह उतिर्ण विद्यार्थीहरुलाई गण्डकी प्रदेश सरकारका मुख्यमन्त्रि सुृरेन्द्रराज पाण्डेले दिक्षान्त समारोहमा पदक वितरण गर्नुभयो ।

रोकाले सुन र चाँदी जडित तक्मा प्राप्त गर्नुभएको छ ।रोका सहित राष्ट्रिय महिला भलिबल टिमका क्याप्टेन समेत रहेकी म्याग्दीकै अरुणा शाही र विकल कँडेल (भगिरथ) पनि खेलकुद व्यवस्थापनमा स्नाकोत्तर तह उतिर्ण हुनुभएको छ । जिल्ला खेलकुद विकास समिति म्याग्दीका सदस्य र प्रदेश महिला भलिबल टिम प्रशिक्षक रोका प्रादेशिक भलिबल रेफ्री हुनुहुन्छ ।

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार