७६औं अन्नपूर्ण आरोहण दिवस : पर्वतारोही र पर्यटनकर्मीलाई सम्मान

  म्याग्दी न्यूज संवाददाता

बेनी । ७६ औं अन्नपूर्ण आरोहण दिवसका अवसरमा आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल आरोहण गर्ने आरोही र अन्नपूर्णको पर्यटन प्रवद्र्धनमा योगदान दिने पर्यटनकर्मीहरुलाई सम्मान गरिएको छ ।अन्नपूर्ण गाउँपालिका –४, नारच्याङमा आयोजित ७६ औं अन्नपूर्ण आरोहण दिवस मुल समारोह समितिद्धारा आयोजना गरिएको कार्यक्रममा तीनपटक सम्म अन्नपूर्ण प्रथमको सफल आरोहण गर्नुहुने संखुवासभा मकालु गाउँपालिका २ निवासी छाङ्वा शेर्पा र ओखलढुङ्गा जिल्ला खिजीदेम्बा गाउँपालिका ९ की माया शेर्पालाई सम्मान गरिएको हो ।

यसैगरी अन्नपूर्णको पर्यटन प्रवद्र्धनमा योगदान दिने पर्यटनकर्मी र अभियान्ताहरु नारच्याङका तेजबहादुर गुरुङ,दानाका इन्द्रसिंह शेरचन,चित्र तिलिजा पुन र संचारकर्मी सुरेन गुरुङलाई सम्मान गरिएको गरिको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङका वडाध्यक्ष समेत रहनुभएका दिवस मुलसमारोह समितिका संयोजक लोकबहादुर फगामीले बताउनुभयो ।यसैगरी म्याग्दीका क्रियाशिल पत्रकाहरुले अन्नपूर्णको प्रचारप्रसारमा योगदान गरेको भन्दै संस्थागत रुपमा नेपाल पत्रकार महासंघ म्याग्दी शाखालाई पनि सम्मान गरिएको छ ।

गाउँपालिका अध्यक्ष भारतकुमार पुन,प्रमुख जिल्ला अधिकारी रबिन्द्र आचार्य र नारच्याङका वडाध्यक्ष लोकबहादुर फगामीले सम्मानित हुने आरोही र पर्यटनकर्मीहरुलाई दोसल्ला र प्रमाणपत्र प्रदान गरेर सम्मान गर्नुभएको थियो ।७६ वर्ष अघि सन १९५० जुन ३ का दिन फ्रान्सेली पर्वतारोही मौरिस हर्जोग नेतृत्वमा लुइस लचेनल र दुई नेपाली शेर्पासमेत चार जनाले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरेका थिए । आठ हजार मिटर भन्दा अग्ला हिमाल मध्य सबै भन्दा पहिला मानव पाइला परेको हिमाल भएकाले अन्नपूर्णलाई जेठो हिमाल भनेर पनि चिनिन्छ  अन्नपूर्णको सफल आरोहण गरेको दिनको सम्झनामा बुधबार नारच्याङमा अन्नपूर्ण आरोहण दिवसका अवसरमा दौडप्रतियोगिता,आरोही,पर्यटनकर्मी सम्मानका साथै बिबिध कार्यक्रमको आयोजना गरेर आरोहण दिवस मनाइदै छ ।नारच्याङको हुमखोला देखि आधारशिविर सम्मको पदैलमार्गलाई मौरिस हर्जोग पदमार्ग नामाकरण गरी पूर्वाधार विकास गर्न थालिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार