नेपाल मगर महिला संघ म्याग्दीको अध्यक्षमा लक्ष्मी पुन पुर्जा

  म्याग्दी न्यूज संवाददाता

बेनी । नेपाल मगर महिला संघ म्याग्दीको अध्यक्षमा लक्ष्मी पुन पुर्जा चयन हुनुभएको छ। शनिबार बेनीस्थित मगर संघको सभाहलमा सम्पन्न संघको पाँचौं अधिवेशनले पुन पुर्जाको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो। नयाँ कार्यसमितिको उपाध्यक्षमा सरिता गर्बुजा, सचिवमा शारदा राना, सहसचिवमा बविता पुर्जा तथा कोषाध्यक्षमा लालमाया पुर्जा चयन हुनुभएको नेपाल मगर संघ जिल्ला समन्वय समिति म्याग्दीका अध्यक्ष खम थापा मगरले जानकारी दिनुभयो ।

त्यसैगरी सदस्यहरूमा चनदेवी पाइजा, तिलमाया शेरपुन्जा, नरमाया रोका, दुर्गादेवी घर्ती, भिममाया रोका, गंगा पुन, हेमा थापा र रुपा पुन चयन हुनुभएको छ।अध्यक्ष पुन पुर्जाले संगठनलाई थप सशक्त बनाउँदै महिला अधिकार, सामाजिक सशक्तीकरण तथा मगर समुदायको भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्न विभिन्न कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार