काभ्रेमा बस दुर्घटना : ८ जनाको मृत्यु, १६ जना घाइते

  म्याग्दी न्यूज संवाददाता

काभ्रे, २९ जेठ । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–३ बुच्चाकोटस्थित बीपी राजमार्गमा शुक्रबार भएको बस दुर्घटनामा ८ जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी रविन बिष्टका अनुसार दिउँसो करिब २ बजे बनेपाबाट रोशी–सुगुरेतर्फ जाँदै गरेको बा ३ ख ८३९८ नम्बरको यात्रुवाहक बस अनियन्त्रित भई सडकबाट करिब ३०० मिटर तल खसेर दुर्घटनाग्रस्त भएको हो ।

घाइते १६ जनालाई उद्धार गरी धुलिखेल अस्पताल पठाइएको छ, जहाँ उनीहरूको उपचार भइरहेको छ । दुर्घटनामा ज्यान गुमाएका तथा घाइते भएकाहरूको परिचय भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि स्थानीयवासी, प्रहरी तथा उद्धारकर्मीहरू घटनास्थलमा परिचालन भएका थिए । दुर्घटनाको कारण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको  जिल्ला कार्यालय काभ्रेले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार